नियम १४९
अवकास पाउने कर्मचारीले पाउने तलब र रासन
: प्रहरी कर्मचारीले राजिनामा दिई वा अनिवार्य अवकास पाई सेवा निवृत्त भएमा सोको सूचना पाएको मितिसम्म निजले खाइपाई आएको तलब, भत्ता, रासन र अन्य सुविधासमेत पाउनेछ । तर कार्यालयमा गैरहाजिर रही विभागीय कारबाही शुरु गरिएको वा कारबाहीको क्रममा कार्यालयमा अनुपस्थित रहेको प्रहरी कर्मचारीले भने अनुपस्थित रहेको मितिदेखिको तलब, भत्ता र रासन पाउने छैन ।